११ हजार घुससहित पक्राउ परेका यादवविरुद्ध अख्तियारमा मुद्दा दायर - Chaitanya News
  • 2026-05-08
  • 18:03:48
  • शुक्रबार,बैशाख २५, २०८३
  • ११ हजार घुससहित पक्राउ परेका यादवविरुद्ध अख्तियारमा मुद्दा दायर

    ११ हजार घुससहित पक्राउ परेका यादवविरुद्ध अख्तियारमा मुद्दा दायर

    काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट ११ हजार घुस लिएका एकजना विरुद्ध मुद्दा दायर गरेको छ।

    जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर संजयप्रसाद यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

    हेटौडाबाट खटिएको अख्तियारको टोलीले उनलाई असोज ३१ गते रंगेहात पक्राउ गरेको थियो। रोक्कामा रहेको जग्गा फुकुवा गर्ने भन्दै सेवाग्राहीबाट ११ हजार रुपैयाँ घुस लिएको आयोगले पुष्टि गरेको छ।

    यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा कैद र बिगोबमोजिम जरिवानाको सजाय मागदाबी गरिएको छ।