काठमाडौं– सत्तागठबन्धनमा आबद्ध दलहरुले सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेका छन्। शुक्रबार अर्थ मन्त्रालयमा बसेको सत्तागठबन्धनमा आबद्ध दलहरुको कार्यदल बैठकले न्यूनतम साझा कार्यक्रम तयार बनाएको हो।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा ७ दलबाट एक,एक जना प्रतिनिधि समावेश गरेर न्यूनतम साझा कार्यक्रम तयार पारिएको छ। तयार भएको उक्त न्यूनतम् साझा कार्यक्रम शनिबार (भोलि) सार्वजनिक गरिने बताइएको छ।
शनिबार सत्तागठबन्धनका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएपछि अध्ययनपश्चात् आवश्यक थपघट गर्नुपरेमा थपघट गरेर सार्वजनिक गरिने भएको छ। न्यूनतम् साझा कार्यक्रमभित्र आर्थिक समृद्धि, विकासलगायत थुप्रै पाटोलाई जोड दिइएको छ।