मधेश प्रदेशमा पुस २८ भित्र मुख्यमन्त्रीको दाबी गर्न आह्वान - Chaitanya News
  • 2026-05-10
  • 07:14:26
  • आइतबार,बैशाख २७, २०८३
  • मधेश प्रदेशमा पुस २८ भित्र मुख्यमन्त्रीको दाबी गर्न आह्वान

    मधेश प्रदेशमा पुस २८ भित्र मुख्यमन्त्रीको दाबी गर्न आह्वान

    काठमाडौं– मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्।

    प्रदेश प्रमुख मिश्रले दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले बताए।

    नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई दाबी पेश गर्न भनिएको छ।

    मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पुस २८ गते अपराह्न ४ बजेसम्मको समय दिइएको छ। मधेश प्रदेश सभामा १०७ सदस्य छन्। बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ।

    प्रदेश सभामा नेकपा (एमाले) का २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टीका र नेकपा (माओवादी केन्द्र) का नौ–नौ, नेकपा (एकीकृत समाजवादी) का सात, नागरिक उनमुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका एक–एक सांसद छन्।