वडाध्यक्षबाट राजीनामा दिएर नेकपा बहुमतमा प्रवेश नेता महरा - Chaitanya News
  • 2026-06-25
  • 03:10:48
  • बुधबार,आषाढ १०, २०८३
  • वडाध्यक्षबाट राजीनामा दिएर नेकपा बहुमतमा प्रवेश नेता महरा

    वडाध्यक्षबाट राजीनामा दिएर नेकपा बहुमतमा प्रवेश नेता महरा

    कैलाली– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडा अध्यक्ष बहादुरसिंह महराले पदबाट राजीनामा दिएका छन्।
    जनचाहना र जनभावनाविपरीतका कार्यहरू भइरहेको र किनाराको साक्षी बस्दा जनमतको अपमान हुने भन्दै उनले पदबाट राजीनामा दिएका हुन्।

    शुक्लाफाँटा नगरपालिकाको १२औं नगर अधिवेशनमा मेयर रणबहादुर महरालाई उनले राजीनामापत्र बुझाएका छन्। वैशाख ३० मा सम्पन्न स्थानीय तह चुनावमा उनी नेकपा माओवादी केन्द्रका तर्फबाट दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित भएका थिए।

    मेयर महरालाई बुझाएको पत्रमा उनले निरन्तर रुपमा जनचाहना र जनभावनाविपरीतका कार्यहरू भइरहेको र किनाराको साक्षी बस्दा जनमतको अपमान हुने भएकाले राजीनामा दिएको उनले उल्लेख गरेका छन्।

    महराले माओवादी केन्द्रसमेत परित्याग गरेका छन्। नगर कमिटी अध्यक्षलाई उनले पार्टी परित्यागको पत्र पठाएका हुन्। उनी माओवादी छाडेर आजै नेकपा बहुमतमा प्रवेश गरेको सो पार्टीले जनाएको छ।