अर्थले गर्‍यो पाँच जना सहसचिवको जिम्मेवारी हेरफेर, कसलाई कहाँ पठाइयो ? - Chaitanya News
  • 2026-04-26
  • 14:34:04
  • आइतबार,बैशाख १३, २०८३
  • अर्थले गर्‍यो पाँच जना सहसचिवको जिम्मेवारी हेरफेर, कसलाई कहाँ पठाइयो ?

    अर्थले गर्‍यो पाँच जना सहसचिवको जिम्मेवारी हेरफेर, कसलाई कहाँ पठाइयो ?

    काठमाडौँ– पाँच जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरिएको छ । आज (आइतबार) अर्थ मन्त्रालयले पाँच जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको हो।

    मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकसहित मन्त्रालय तथा मातहतका विभिन्न महाशाखामा कार्यरत सहसचिवहरूको कार्यविभाजन फेरबदल गरेको हो ।

    जसअनुसार योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा कार्यरत टंकप्रसाद पाण्डेयलाई प्रशासन महाशाखा पाठाइएको छ। त्यस्तै टंकनाथ लम्साललाई भन्सार विभागमा पठाइएको छ भने भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साललाई मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा सरुवा गरिएको छ।