छैटौं एसियन बिच गेम्सः महिला कबड्डीमा नेपाल विजेता - Chaitanya News
  • 2026-05-12
  • 16:01:13
  • मंगलबार,बैशाख २९, २०८३
  • छैटौं एसियन बिच गेम्सः महिला कबड्डीमा नेपाल विजेता

    छैटौं एसियन बिच गेम्सः महिला कबड्डीमा नेपाल विजेता

    काठमाडौं– चीनको सान्या शहरमा आयोजना भइरहेको एशियन बिच कबड्डी प्रतियोगितामा आज भएको खेलमा नेपालले बंगलादेशलाई ३८–३६ ले पराजित गर्दै समूहको पहिलो स्थान पक्का गरेको छ।

    समूह ‘बी’का तीनवटै खेल जितेर नेपाल समूह विजेता बनेको हो।

    नेपालले आजै समूह ए को उपविजेता श्रीलंकासँग खेल्नेछ। समूह एको विजेता भने भारत छ।

    समूह बीको अंक तालिकाको पहिलो स्थानमा रहेको नेपालसँग ६ अंक छ। उपविजेता बंगलादेशको ४ र तेस्रो स्थानमा रहेको थाइल्याण्डसँग २ अंक छ।