कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गरेर १५ दिनमै विवरण प्रमाणित गर्न निर्देशन - Chaitanya News
  • 2026-04-23
  • 17:59:09
  • बिहिबार,बैशाख १०, २०८३
  • कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गरेर १५ दिनमै विवरण प्रमाणित गर्न निर्देशन

    कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गरेर १५ दिनमै विवरण प्रमाणित गर्न निर्देशन

    काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै कर्मचारीको विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएको छ।

    मन्त्रालयले मन्त्रालय–विभाग–कार्यालय–निकाय र स्थानीय तहहरूलाई कर्मचारीहरूको उपस्थितिको अभिलेखिकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएको हो। साथै, प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर सम्बन्धित कार्यालयमा सुरक्षित राख्न पनि भनिएको छ।

    पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा तहाँ कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको उपस्थितिको अभिलेखिकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्नु गराउनु हुन अनुरोध छ। सो व्यवस्था कार्यान्वयन नभएको अवस्था भए कर्मचारीको दैनिक उपस्थिति (आएको तथा गएको) विवरण अनिवार्य रूपमा विद्युतीय हाजिरी प्रणालीबाटै गर्ने व्यवस्था मिलाउनु हुन र प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी, प्रमाणित गरी सो अभिलेख कार्यालयमा सुरक्षित राख्न समेत यस मन्त्रालयको मिति २०८३–०१–०८ गतेको निर्णय (सचिवस्तर) अनुसार अनुरोध छ।’