काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश तथा स्थानीय तहका निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने छिटो गर्नुपर्ने ाग राखेका छन्।
उनका अनुसार जनताको बदलिएको धारणा र राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै निर्वाचन प्रक्रिया अघि बढाइनु आवश्यक छ।
धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले संघीय संसद्का लागि जनताले यसअघि नै नयाँ जनादेश दिइसकेको उल्लेख गरे। त्यसैको आधारमा प्रदेश र स्थानीय तहका निर्वाचन पनि छिटो गरिनुपर्ने उनको भनाइ थियो।
मुख्यमन्त्री शाहले संघीय सरकारलाई निर्वाचनको वातावरण तयार पार्न आग्रह गर्दै प्रदेश तथा स्थानीय सरकारलाई पनि नयाँ जनादेशमार्फत अघि बढाउने समय आएको बताए। उनका अनुसार वर्तमान परिस्थितिमा जनताको ताजा मत र अपेक्षालाई सम्बोधन गर्ने गरी राजनीतिक प्रक्रिया अगाडि बढाउन आवश्यक छ।
उनले बदलिँदो राजनीतिक अवस्थालाई ध्यानमा राख्दै सरकारका संरचनाहरू जनभावनाअनुसार पुनः सशक्त रूपमा अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरे।कुराकानी गर्दै मुख्यमन्त्री शाहले बदलिएको जनभावनाका जेसुकै कारण भए पनि देशका लागि प्रदेश र स्थानीय निर्वाचन आवश्यक रहेको बताएका हुन्।
त्यसको वातावरण संघीय सरकारले बनाउनुपर्ने उनले बताए। परिवर्तित अवस्था र परिवेशमा सरकारले काम गर्न जनताको ताजा जनमत र भावना समेट्ने वातावरण बनाउनुपर्ने उनले बताए।