टी–२० सिरिज अन्तर्ग नेपाल र युएईबीचको दोस्रो खेल आज हुँदै - Chaitanya News
  • 2026-04-21
  • 15:34:11
  • मंगलबार,बैशाख ०८, २०८३
  • टी–२० सिरिज अन्तर्ग नेपाल र युएईबीचको दोस्रो खेल आज हुँदै

    टी–२० सिरिज अन्तर्ग नेपाल र युएईबीचको दोस्रो खेल आज हुँदै

    काठमाडौँ– टी–२० सिरिज अन्तर्ग नेपाल र युएईबीचको दोस्रो खेल आज हुँदैछ।

    खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ। दिपेन्द्र सिंह ऐरीको कप्तानीमा सोमबार सिरिजको पहिलो खेल खेलेको नेपाल युएईसँग पराजित भएको थियो।

    टिममा ऐरीसँगै कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल छन्। त्यस्तै वैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान छन्।

    नेपालले पहिलो पटक टी–२० र एकदिवसीय क्रिकेटमा अलग–अलग कप्तानको अभ्यास गरेको हो। पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी–२० टिमबाट बाहिर छन्।