सभामुख अर्यालले भने: बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाइनेछ - Chaitanya News
  • 2026-04-17
  • 22:06:12
  • शुक्रबार,बैशाख ०४, २०८३
  • सभामुख अर्यालले भने: बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाइनेछ

    सभामुख अर्यालले भने: बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाइनेछ

    काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताएका छन्।

    आज (शुक्रबार) सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आवद्ध सञ्चारकर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

    सभामुख अर्यालले आफूले संसद्का सबै गतिविधिलाई प्रत्यक्ष रूपमा प्रसारण गरेर त्यसको सबै गतिविधिलाई पारदर्शी बनाउन चाहेको बताए।

    उनले सञ्चारकर्मीलाई आफूले संसद्‍मा सहज पहुँच विस्तारमा कुनै समस्या आउन नदिने समेत स्पष्ट पारे।

    संसद्‍मा कु नैपनि विधेयकको ड्राफट गर्दा समेत सबै सरोकारवालाहरूसँग पटक(पटक छलफल गरेर अघि बढाउने कुरालाई आफूले अघि बढाउने सभामुख अर्यालको प्रतिबद्धता थियो।

    उनले देशको आवश्यक्तालाई ध्यानमा राखेर संसदमा नयाँ नजिरहरू स्थापित गर्दै लैजाने कार्ययोजना पनि सुनाए।

    सभामुख अर्यालले भने, ‘नयाँ नजिरहरू स्थापित गर्दै जानुपर्ने हुन पनि सक्छ हामीले। किनकी अवको समाजलाई त्यो आवश्यक छ। अबको देशको लागि त्यो आवश्यकता छ भने त्यो गरौँ।’

    सभामुख अर्यालले कानुन निर्माणको कामलाई आफूले छिटो छरितो ढंगले सम्पादन हुनेगरी संसदीय नियमावलीमा संशोधन गर्न चाहेको पनि बताए।