यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका १० एजेन्डा - Chaitanya News
  • 2026-04-18
  • 19:24:10
  • शनिबार,बैशाख ०५, २०८३
  • यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका १० एजेन्डा

    यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका १० एजेन्डा

    काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ। बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनदेखि पार्टीभित्रको मर्यादाक्रम निर्धारणसम्मको एजेन्डामा छलफल भइरहेको छ।

    यी हुन् कांग्रेस बैठकका एजेन्डाहरू:

    १ – कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न गठित समितिको प्रतिवेदन सम्बन्धमा
    २- अभिव्यक्ति स्वतन्त्रता र पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको प्रवृतिका सम्बन्धमा
    ३- विधिको शासन र राज्य सञ्चालनका सम्बन्धमा पछिल्ला दिनमा देखिएका घटना र प्रकृति
    ४- सार्वजनिक ओहोदामा बसेकाहरूको सम्पत्ति छानबिन सम्बन्धमा
    ५- केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन सम्बन्धमा
    ६- निर्वाचन ब्युरो गठन र संचालनको कार्यविधि सम्बन्धमा
    ७- सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधिका सम्बन्धमा
    ८- अन्य राजनीतिक दलसँग संवाद गर्ने समिति गठन सम्बन्धमा
    ९- पार्टीभित्र मर्यादाक्रम निर्भारण समिति गठन सम्बन्धमा
    १०- सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा सदस्यहरू मनोनयन सम्बन्धमा