उपसभामुख रुबीकुमारी ठाकुरले गरिन् पदभार ग्रहण - Chaitanya News
  • 2026-04-18
  • 18:05:53
  • शनिबार,बैशाख ०५, २०८३
  • उपसभामुख रुबीकुमारी ठाकुरले गरिन् पदभार ग्रहण

    उपसभामुख रुबीकुमारी ठाकुरले गरिन् पदभार ग्रहण

    काठमाडौँ– उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन्। उनले सोमबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पदभार सम्हालेकी हुन्।

    पदभार ग्रहणपछि उनले सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट गरेकी छन्।

    यसअघि उपसभामुखको निर्वाचन गत २७ गते सम्पन्न भएको थियो। उक्त निर्वाचनमा श्रम संस्कृति पार्टी बाट ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी बाट सरस्वती लामा उम्मेदवार रहेका थिए।

    निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी को समर्थन प्राप्त गरेपछि ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन्।