मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएपछि हर्कले भने: स्रोत विनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार हो - Chaitanya News
  • 2026-04-18
  • 17:58:00
  • शनिबार,बैशाख ०५, २०८३
  • मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएपछि हर्कले भने: स्रोत विनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार हो

    मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएपछि हर्कले भने: स्रोत विनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार हो

    काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्तिको स्रोत स्रोत प्रष्ट्याइ दिन आग्रह गरेका छन्।

    स्रोत विनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार भन्ने बुझिने बताउँदै उनले यस्तो आग्रह गरेका हुन्।

    उनले फेसबुकमा लेखेका छन्, ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो। अब त्यस्को स्रोत पनि खुलाइदिए राम्रो । स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ ।स्रोत प्रष्टाइदिनु पर्छ।’