प्रधानमन्त्री तथा मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ - Chaitanya News
  • 2026-09-20
  • 06:28:35
  • आइतबार,आश्विन ०४, २०८३
  • प्रधानमन्त्री तथा मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ

    प्रधानमन्त्री तथा मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ

    काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरु आफैंले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गरेको बताएका छन्।

    उनले हदबन्दी भन्दा बढी जग्गासमेत स्वघोषणा भएको बताउँदै मन्त्रीहरुकै सम्पत्तिमा राज्यको कानून आकर्षित भएको बताएका हुन्।

    उनले फेसबुकमा लेखेका छन्, ‘बालेन सरकारका कतिपय मन्त्रीहरुका सम्पत्ति विवरणमा नगद, गरगहना, घरघडेरी, शेयर र अन्य लगानी औसत नेपालीको भन्दा धेरै माथि देखियो। रोचक त कतिपय मन्त्रीका हदबन्दी भन्दा बढी जग्गाको विवरण स्वयंबाट सार्वजनिक भएको छ।’

    सरकारका कतिपय मन्त्रीहरुको सम्पत्तिमा नगद, गरगहना, घरघडेरी, शेयर, अन्य लगानी देखिएको र नेपालीहरुको औसत आम्दानी भन्दा माथि रहेको पाइएको उनले बताए।

    उनले आयको कर तिरेको विवरण सार्वजनिक गर्न सरकारका मन्त्रीहरुलाई सुझाव दिएका छन्।