नीति निर्माण र कार्यान्वयनबीचको खाडल घटाउनुपर्छ : सचिव डा. विकास देवकोटा - Chaitanya News
  • 2026-04-18
  • 18:10:45
  • शनिबार,बैशाख ०५, २०८३
  • नीति निर्माण र कार्यान्वयनबीचको खाडल घटाउनुपर्छ : सचिव डा. विकास देवकोटा

    नीति निर्माण र कार्यान्वयनबीचको खाडल घटाउनुपर्छ : सचिव डा. विकास देवकोटा

    काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नीति निर्माण र कार्यान्वयनबीच देखिएको अन्तर कम गर्न आवश्यक रहेको बताएका छन्।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन’को समापन समारोहमा सम्बोधन गर्दै उनले नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन्। नीति निर्माणसँगै कार्यान्वयन पक्ष सुदृढ नहुँदा अपेक्षित परिणाम प्राप्त हुन नसक्ने उनको भनाइ रहेको छ।

    उनले देश स्थिरताका दिशामा अघि बढिरहेको सन्दर्भमा नयाँ सोच र प्रणाली लागू गर्ने अवसर रहेको बताएका छन्।

    सुशासनसँग जोडिएका नीति तथा नियम निर्माण गरी तिनको कार्यान्वयनमार्फत सेवा प्रवाहमा सुधार गर्नुपर्ने आवश्यकता उनले औँल्याएका छन्।

    परिवर्तन साना अभ्यासबाट सुरु हुने उल्लेख गर्दै उनले व्यक्तिगत व्यवहारमा सुधार ल्याउनुपर्नेमा पनि जोड दिएका छन्। साथै, अनुसन्धान, कार्यान्वयन र अनुगमनबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताएका छन्।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संरचनालाई थप सुदृढ बनाउँदै अनुसन्धान, कार्यान्वयन र अनुगमनलाई एकीकृत ढंगले अघि बढाउनुपर्ने आवश्यकता उनले उल्लेख गरेका छन्।