सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्दै सरकार - Chaitanya News
  • 2026-04-19
  • 00:15:41
  • शनिबार,बैशाख ०५, २०८३
  • सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्दै सरकार

    सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्दै सरकार

    काठमाडौं– सरकारले सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्न लागेको छ। विधायन ऐन २०८१ को दफा (६) को उपदफा (२)मा विधेयक को प्रारम्भिक मस्यौदा जनताको राय लिनका लागि सार्वजनिक गर्नुपर्ने प्रावधान छ। सोही अनुरुप सार्वजनिक खरिद अनुगमनको कार्यालयले ‘सार्वजनिक खरिद ऐन संशोधन विधेयक’ को प्रारम्भिक मस्यौदा तयार पारेको छ।

    सार्वजनिक खरिद अनुगमनको कार्यालयले विधेयकको प्रारम्भिक मस्यौदा यही चैत २५ गते प्रकाशन गरेको छ। यसउपर वैशाख १ गतेसम्म राय–सुझाव संकलन गरिँदैछ।

    प्राप्त राय तथा सुझाव अनुसार मस्यौदामा केही हेरफेर गर्नुपर्ने भए गरेर मन्त्रालय हुँदै यो विधेयक मन्त्रिपरिषद् पुग्छ। मन्त्रिपरिषद्बाट स्वीकृत पाएपछि मन्त्रालयले संसद्मा पेश गर्छ। संसदले पास गरेर राष्ट्रपतिकहाँ पठाउँ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कार्यान्वयनमा आउँछ।

    विधेयकको मस्यौदामा ३८ वटा दफामा संशोधन प्रस्ताव गरिएको छ।