जसपाले मधेस प्रदेशको संसदीय दलको नेताको नाम भोलि टुंग्याउने - Chaitanya News
  • 2026-05-10
  • 07:14:16
  • आइतबार,बैशाख २७, २०८३
  • जसपाले मधेस प्रदेशको संसदीय दलको नेताको नाम भोलि टुंग्याउने

    जसपाले मधेस प्रदेशको संसदीय दलको नेताको नाम भोलि टुंग्याउने

    जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेशको संसदीय दलको नेताको नाम भोलि टुंग्याउने भएको छ।

    बिहीबार बसेको जसपाको बैठकले संसदीय दलको नेता चयनका लागि विधान पारित गर्ने र शुक्रबारसम्ममा दलको नेता चयन गर्ने निर्णय गरेको पार्टीका प्रदेश समितिका मुख्यसचिव दिनेश यादवले बताए।

    मधेस प्रदेशमा १६ सांसद रहेको जसपाबाट संसदीय दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज राय, रामआशिष यादवलगायतका आकांक्षी छन्।

    दलले सर्वसम्मत रुपमा दलको नेता नयन गर्न नसके भोलि निर्वाचत प्रक्रियाबाट संसदीय दलको नेता चयन गर्ने जनाइएको छ। मधेस प्रदेशमा हालसम्म नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एमालेले मात्रै संसदीय दलको नेता चयन गरेका छन्।