सबै स्थानीय तहलाई समेट्ने गरी सन्तुलित बजेट निर्माण हुने मुख्यमन्त्री शाहको दाबी - Chaitanya News
  • 2026-04-12
  • 01:50:49
  • शनिबार,चैत्र २८, २०८२
  • सबै स्थानीय तहलाई समेट्ने गरी सन्तुलित बजेट निर्माण हुने मुख्यमन्त्री शाहको दाबी

    सबै स्थानीय तहलाई समेट्ने गरी सन्तुलित बजेट निर्माण हुने मुख्यमन्त्री शाहको दाबी

    काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारको आगामी बजेट सबै स्थानीय तहलाई समेट्ने गरी सन्तुलित रूपमा निर्माण गरिने बताएका छन्।

    आज (शुक्रबार) आयोजित सबै स्थानीय तहका लागि अनुदान प्रस्ताव तयारीसम्बन्धी अभिमुखीकरण कार्यशालाको समापन कार्यक्रममा सम्बोधन गर्दै उनले प्रदेश बजेट विनियोजन आवश्यकताका साथै प्राथमिकताका आधारमा तय गरिने स्पष्ट पारे।

    उनका अनुसार प्रदेशअन्तर्गतका सबै पालिकाका योजना समेटिने गरी बजेट व्यवस्था मिलाइनेछ, जसले विकास योजनामा समान पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

    मुख्यमन्त्री शाहले २५ लाख रुपैयाँभन्दा कम लागतका आयोजनामा बजेट विनियोजन नगर्ने नीति कायम रहने पनि उल्लेख गरे। साथै, अघिल्लो आर्थिक वर्षदेखि उपभोक्ता समितिमार्फत आयोजना कार्यान्वयन नगर्ने निर्णय भए पनि खरिद ऐन तथा नियमावलीका प्रावधानका कारण व्यवहारिक कार्यान्वयनमा केही चुनौती देखिएको उनले बताए।