काठमाडौं– एमाले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारीलाई चयन गरेको छ।
बिहीबार बसेको संसदीय दलको बैठकले भण्डारीलाई प्रमुख सचेतकमा सर्वसम्मत चयन गरेको हो।
भण्डारी सुनसरी २(क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। प्रदेश १ को प्रदेश सभामा एमालेका ४० सांसद छन्।
एमालेले यसअघि हिक्मतकुमार कार्कीलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरिसकेको छ।