राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त - Chaitanya News
  • 2026-09-08
  • 16:24:50
  • मंगलबार,भाद्र २३, २०८३
  • राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

    राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

    काठमाडौँ– राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त भएका छन्। मिंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्यहरू नियुक्त गर्ने निर्णय गरेको हो।

    जसमा पाल्पाका अर्जुन जङ्ग थापा, काठमाडौँका प्रा.डा. सञ्जय आचार्य, काठमाडौँका डा.देवेन्द्र गौचन, काठमाडौँकै रेशु अर्याल, काठमाडौँका प्रा.डा. सुदन झा तथा ललितपुरका डा.पुकार मल्ल रहेका छन्।

    यसअघि उपाध्यक्ष डा.गुणाकर भट्टको नाम मात्रै सार्वजनिक गरिएको थियो।

    सरकारले विभिन्न क्षेत्रका विज्ञलाई समेट्दै आयोगमा सदस्य नियुक्त गरेको जनाएको छ।