काठमाडौँ– नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक पूर्वाग्रहको अभ्यासले दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिएकी छन्।
प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध लक्षित ढंगले कदम चालिएको आरोप लगाइन्। उनले विगतदेखि हालसम्म भएका विभिन्न आन्दोलन र राजनीतिक घटनाक्रमसँग सम्बन्धित सबै विषयमा समान रूपमा छानबिन गर्न सरकारलाई आग्रह गरिन्।
उनका अनुसार यदि छानबिनको दायरा निष्पक्ष रूपमा विस्तार नगरिएर निश्चित व्यक्तिमाथि केन्द्रित गरियो भने त्यसले राजनीतिक प्रणालीमा असन्तुलन सिर्जना गर्न सक्नेछ। उनले यस्ता कदमले भविष्यमा सरकार स्वयंलाई गम्भीर परिणाम भोग्नुपर्ने अवस्था आउन सक्ने संकेत गरिन्।
सांसद बरालले आफ्ना धारणा गम्भीरतापूर्वक लिन सरकारलाई अनुरोधसमेत गरेकी छन्।