प्रधानमन्त्रीज्यू सुदूरपश्चिम दूर नही भन्ने स्ट्याटस व्यवहारमा कार्यान्वयन गर्नुस् : ऐन महर - Chaitanya News
  • 2026-06-04
  • 21:48:38
  • बिहिबार,जेठ २१, २०८३
  • प्रधानमन्त्रीज्यू सुदूरपश्चिम दूर नही भन्ने स्ट्याटस व्यवहारमा कार्यान्वयन गर्नुस् : ऐन महर

    प्रधानमन्त्रीज्यू सुदूरपश्चिम दूर नही भन्ने स्ट्याटस व्यवहारमा कार्यान्वयन गर्नुस् : ऐन महर

    काठमाडौँ– नेकपा एमालेका सांसद ऐन महरले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी प्रचार प्रसारका क्रममा सुदूर पश्चिममा पुगेर भनेको सुदूरपश्चिम दूर नही भन्दै राखेको स्ट्याटस व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरेका छन्।

    प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै महरले प्रधानमन्त्री शाहलाई प्रश्न गर्दै भने, ‘स्ट्याटस प्रचार प्रसारका लागि मात्रै लेख्नु भएको हो कि कार्यान्वयन गर्न ? कार्यान्वयन गर्न लेख्नु भएको हो भने, अब कार्यान्वयन गर्ने समय आएको छ। कार्यान्वयन गरेर देखाउनुस्।

    कार्यान्वयन गर्नका लागि हो भने त्यहाँका सडकहरू निर्माण पूरा गरिदिन आग्रह गरे। उनले बझाङमा एयरपोर्ट बने पनि प्लेन नचलेको भन्दै चल्ने वातावरण निर्माण गर्न माग गरे।