न्यूनतम साझा कार्यक्रमलाई सरकारले भोलिको बैठकमा अन्तिम रुप दिन्छ : अर्थमन्त्री पौडेल - Chaitanya News
  • 2026-05-08
  • 17:08:24
  • शुक्रबार,बैशाख २५, २०८३
  • न्यूनतम साझा कार्यक्रमलाई सरकारले भोलिको बैठकमा अन्तिम रुप दिन्छ : अर्थमन्त्री पौडेल

    न्यूनतम साझा कार्यक्रमलाई सरकारले भोलिको बैठकमा अन्तिम रुप दिन्छ : अर्थमन्त्री पौडेल

    काठमाडौं– सत्ता साझेदार दलबीच न्यूनत साझा कार्यक्रम तय गर्न गठन भएको कार्यदलको बैठक शुक्रबार बिहान बस्ने भएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारमा सहभागी दलबीच तयार भएको साझा कार्यक्रमको ड्राफ्टलाई भोलिको बैठकमा अन्तिम रुप दिइने जानकारी दिए।

    बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै यस्तो बताएका हुन। अर्थमन्त्री पौडेलले भने“साझा कार्यक्रमका लागि कार्यदल गठन भएको जानकारी भइसकेको छ। साझा ड्राफ्ट तयार गरेका छौं।”

    साझा कार्यक्रमलाई आज नै अन्तिम रुप दिने प्रयास भएको तर यो बैठक भोलि शुक्रबार बिहान ११ बजेको लागि सारिएको उहाँले बताए। मन्त्री पौडेलले मन्त्रिपरिषद्को बैठकका निर्णय र छलफलका मुद्दा एवम् सबै विषयको जानकारी भोलि नै गराइने बताए। “मन्त्रिपरिषद्को निर्णय भोलि अवगत गराउँछौं’’, उनले भने।