सरकारले गर्‍यो दुई जना सचिवको सरुवा - Chaitanya News
  • 2026-05-28
  • 18:39:48
  • बिहिबार,जेठ १४, २०८३
  • सरकारले गर्‍यो दुई जना सचिवको सरुवा

    सरकारले गर्‍यो दुई जना सचिवको सरुवा

    काठमाडौँ– दुई जना सचिवको सरुवा भएको छ ।

    सरकारले आज दुई जना सचिवको सरुवा गरेको हो। हिजो (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र निर्वाचन आयोगका सचिवको साटफेर गर्ने निर्णय गरेको हो।

    जानकारीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीलाई निर्वाचन आयोग पठाइएको छ भने निर्वाचन आयोगका सचिव कृष्ण राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ।