‘न्युन कार्बन उत्सर्जन गर्ने नेपालले जलवायु परिवर्तनका अत्याधिक असरहरू भोग्नु परेको छ’: मन्त्री चौधरी - Chaitanya News
  • 2026-06-04
  • 23:31:01
  • बिहिबार,जेठ २१, २०८३
  • ‘न्युन कार्बन उत्सर्जन गर्ने नेपालले जलवायु परिवर्तनका अत्याधिक असरहरू भोग्नु परेको छ’: मन्त्री चौधरी

    ‘न्युन कार्बन उत्सर्जन गर्ने नेपालले जलवायु परिवर्तनका अत्याधिक असरहरू भोग्नु परेको छ’: मन्त्री चौधरी

    काठमाडौं– कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण मन्त्री गीता चौधरीले हिमनदी पग्लिने, बेमौसमी वर्षा, बाढीपहिरो र खडेरीजस्ता समस्याले जनजीवन र विकास प्रक्रियामा गम्भीर अवरोध सिर्जना गरेको बताएकी छन्।

    काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन्। उनले भनिन्, ‘जलवायु परिवर्तन केवल वातावरणीय समस्या मात्र होइन। यो आर्थिक, सामाजिक, मानव अधिकारसँग प्रत्यक्ष जोडिएको विषय बनेको छ।’

    नेपालजस्तो न्युन कार्बन उत्सर्जन गर्ने देशले पनि जलवायु परिवर्तनका असरहरू अत्याधिक भोग्नु परिरहेको उनको भनाई छ।

    जलवायु परिवर्तन वातावरणीय समस्या मात्र नभएर आर्थिक र सामाजिक संकटको रूपमा देखा परेको बताएकी छन्। यो संकट समाधानका लागि सबै क्षेत्रको सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ।