काठमाडौँ– गृह मन्त्रालयले गरेको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा मनाङ जिल्ला उत्कृष्ट देखिएको छ। गत कात्तिक, मंसिर र पुसको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा २०.२५ पूर्णाङ्कमा ७७ जिल्लामध्ये सबैभन्दा धेरै अङ्क १९.५ ल्याएर मनाङ जिल्ला उत्कृष्ट देखिएको हो ।मनाङमा प्रमुख जिल्ला अधिकारी उपसचिव नवराज पौड्याल छन्।
मूल्याङ्कनमा सबैभन्दा कमजोर काठमाडौँ जिल्ला प्रशासन कार्यालय देखिएको छ। काठमाडौँले त्यही पूर्णाङ्कमा सबैभन्दा कम ३ अङ्क मात्रै ल्याउन सकेको छ। काठमाडौँमा प्रमुख जिल्ला अधिकारीका रूपमा सहसचिव ईश्वरराज पौड्याल कार्यरत छन्।
कार्यसम्पादन मूल्याङ्कनमा १९.३७५ अंकसहित नुवाकोट दोस्रो, १९.२५ अंकसहित डोटी तेस्रो र १९.२५ अङ्क नै ल्याएको पर्वत चौथो उत्कृष्ट देखिएका छन्।
मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले त्रैमासिक रूपमा कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्छ। महाशाखा प्रमुख सुरेश पन्थीले आफूहरूले कार्यसम्पादन मूल्याङ्कनका लागि विभिन्न ‘इन्डिकेटर’हरू बनाएको र त्यसैका आधारमा जिल्ला प्रशासन कार्यालयले गर्ने कामहरूको नम्बर दिएर अङ्क प्रदान गरिने बताए।
यस्तो छ ७७ जिल्लाले दोस्रो त्रैमासिकमा कार्यसम्पादन मूल्याङ्कनमा पाएको नम्बर:
![]()
![]()
![]()