आजबाट सरकारी कार्यालय ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने - Chaitanya News
  • 2026-04-20
  • 04:09:49
  • आइतबार,बैशाख ०६, २०८३
  • आजबाट सरकारी कार्यालय ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने

    आजबाट सरकारी कार्यालय ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने

    काठमाडौँ– आजबाट सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने छन्।

    हिजो (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार आजदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ला हुने भएका हुन्।

    यसअघि कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म थियो।

    मन्त्रिपरिषद् बैठकले इन्धन खपत घटाउनका लागि शनिबार र आइतबार दुई दिन बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो।

    यस सम्बन्धी निर्णय हिजो नै राजपत्रमा प्रकाशित भइसकेको छ।