सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ - Chaitanya News
  • 2026-09-21
  • 01:57:36
  • आइतबार,आश्विन ०४, २०८३
  • सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

    सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौँ– प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    आज (आइतबार) दिउँसो राष्ट्रपति कार्यालय भवन शीतल निवासमा आयोजित विशेष समारोहकाबिच राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई सभामुख पदको पद तथा गोपनीयताको शपथ खुवाएका छन्।

    आजै प्रतिनिधिसभाको बैठकमा अर्याल निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरिएको थियो।