डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकार गर्ने निर्णय - Chaitanya News
  • 2026-06-04
  • 14:06:04
  • बिहिबार,जेठ २१, २०८३
  • डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकार गर्ने निर्णय

    डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकार गर्ने निर्णय

    काठमाडौँ– मन्त्रिपरिषद्को बैठकले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट तथा दिगो र समावेशी वित्त परियोजनाका लागि ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

    आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । अर्थ मन्त्रालयको प्रस्तावमा एसियाली विकास बैंक र विश्व बैंकबाट डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि क्रमशः ४० मिलियन र ५० मिलियन अमेरिकी डलर गरी ९० मिलियन डलर ऋण लिने निर्णय गरिएको छ।

    त्यसै गरी दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट थप ९५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।