सरकारी निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने सरकारको निर्णय - Chaitanya News
  • 2026-06-05
  • 00:56:44
  • बिहिबार,जेठ २१, २०८३
  • सरकारी निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने सरकारको निर्णय

    सरकारी निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने सरकारको निर्णय

    काठमाडौँ– आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारअन्तर्गतका सबै मन्त्रालय, सचिवालय, आयोग तथा मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा उक्त बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरिएको हो।

    सरकारले संगठन संरचना, जनशक्ति व्यवस्थापन तथा कार्यप्रवाहलाई प्रभावकारी बनाउन सर्वेक्षणमार्फत आवश्यक सुधारका आधार तयार गर्ने जनाएको छ।