काठमाडौँ– सरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ।
आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो। यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुनेछ।
सरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेसँगै सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू हुने छैन।