काठमाडौं– राष्ट्रिय सभाको उपाध्यक्ष र रिक्त समिति सभापतिको पदमा दलहरूले भागबन्डा गरेका छन्। दलीय भागबन्डाअनुसार सभाको उपाध्यक्ष पद एमालेले पाएको छ।
त्यस्तै नेपाली कांग्रेसले दुई वटा समितिको सभापति पाएको छ भने नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीले एक–एक समितिको सभापति पाएका छन्।
यस्तो छ भागबन्डा:
नेकपा एमाले – उपाध्यक्ष (लिला भण्डारी)
नेपाली कांग्रेस- दुई वटा समितिको सभापति (विकास आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समिति)
नेकपा- संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति
जसपा- सार्वजनिक नीति तथा प्रत्यायोजन समिति