राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी लिला भण्डारी सर्वसम्मत हुँदै - Chaitanya News
  • 2026-09-21
  • 01:56:48
  • आइतबार,आश्विन ०४, २०८३
  • राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी लिला भण्डारी सर्वसम्मत हुँदै

    राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी लिला भण्डारी सर्वसम्मत हुँदै

    काठमाडौं– राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी लिला भण्डारी सर्वसम्मत चयन हुने भएकी छन्। राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच जुटेको सहमति बमोजिम एमालेकी भण्डारीले अहिले मनोनयन दर्ता गर्दैछिन्।

    ‘दलहरूबीच जुटेको सहमतिअनुसार हामीले लिला भण्डारीलाई अगाडि बढाउँदै छौँ। अरु दलहरूले समिति सभापति लिने कुरा भएको छ,’ एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले बताए।