राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी नियुक्त - Chaitanya News
  • 2026-04-20
  • 08:26:40
  • सोमबार,बैशाख ०७, २०८३
  • राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी नियुक्त

    राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी नियुक्त

    काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेता टुंगो लगाएको छ।

    पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद् अन्तर्गत माथिल्लो सदन राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा झक्कुप्रसाद सुवेदीलाई नियुक्त गरेका छन्।

    यसअघि राष्ट्रिय सभामा नेकपाबाट संसदीय दलको नेता नारायणकाजी श्रेष्ठ थिए।

    त्यसयता खाली रहेको संसदीय दलको नेतामा प्रचण्डले सुवेदीलााई चयन गरेका हुन् । राष्ट्रिय सभामा नेकपा अहिले पनि काँग्रेसपछि दोस्रो ठूलो दलको हैसियतमा छ।