३ पूर्वसभामुखको नाम लिएर अर्थमन्त्री वाग्ले भने: डिपी अर्यालले संसद‍्‍मा नयाँ मानक स्थापित गर्नेछन् - Chaitanya News
  • 2026-08-04
  • 21:36:47
  • मंगलबार,साउन १९, २०८३
  • ३ पूर्वसभामुखको नाम लिएर अर्थमन्त्री वाग्ले भने: डिपी अर्यालले संसद‍्‍मा नयाँ मानक स्थापित गर्नेछन्

    ३ पूर्वसभामुखको नाम लिएर अर्थमन्त्री वाग्ले भने: डिपी अर्यालले संसद‍्‍मा नयाँ मानक स्थापित गर्नेछन्

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले डिपी अर्यालले संसद्को नेतृत्व असल ढंगले गर्ने विश्वास व्यक्त गरेका छन्।

    ३ पूर्वसभामुख कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना र सुवास नेम्वाङको नाम लिँदै उनले सभामुखमा रुपमा डिपी अर्यालले पनि संसद्‍मा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरे।

    सभामुखमा अर्यालको समर्थनमा बोल्दै उनलेअर्यालले मन्त्रीको रुपमा कार्यकारी भूमिका समेत निर्वाह गुरिसकेको र सांसदको रुपमा समेत काम गरिरहेको भन्दै अनुभवी नेताको रुपमा अर्यालको चित्रण गरे।

    कुशल व्यवस्थापकीय भूमिका निर्वाह गर्न सक्ने क्षमता भएका अर्यालले आगामी संसद् अर्यालको नेतृत्वमा असहल हुने र तटस्थततामा खरो सावित हुने विश्वास उनले व्यक्त गरे।

    अर्यालले दलीय आवद्धता नराखिकन तटस्थतामा अर्याल खरो उत्रिने विश्वास व्यक्त गरेका हुन्। सभामुखमा अर्यालको एकल उम्मेदवारी परेको छ। यसकारण उनी निर्विरोध भएका हुन्।