३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ : गृहमन्त्री गुरुङ - Chaitanya News
  • 2026-04-20
  • 08:26:40
  • सोमबार,बैशाख ०७, २०८३
  • ३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ : गृहमन्त्री गुरुङ

    ३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ : गृहमन्त्री गुरुङ

    काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सुरक्षाकर्मीलाई ३६ वर्षसम्म हत्कडी लगाइदिएको बताएका छन्।

    आज (आइतबार) बिहान उनले ३६ वर्षसम्म प्रहरीलाई निष्पक्ष रुपमा काम गर्न नै नदिएको आशय व्यक्त गर्दै यस्तो बताएका हुन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ।’

    पछिल्लो समय गृहमन्त्रीको निर्देशनमा प्रहरीले ठूला भ्रष्टाचारका फाइल खोलिरहेको छ। गृहमन्त्री बनेदेखि नै गुरुङले कारबाहीलाई निरन्तरता दिएका छन्। त्यसतै प्रहरीले बिचौलिया, गुण्डागर्दी गर्नेहरुलाई पनि पक्राउ गरेको छ।

    प्रहरीलाई स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न दिनु पर्ने आशय व्यक्त गरेका छन्।