शेखर कोइरालाले भने: म पार्टीको कुनै पनि समूहमा छैन - Chaitanya News
  • 2026-04-20
  • 13:19:47
  • सोमबार,बैशाख ०७, २०८३
  • शेखर कोइरालाले भने: म पार्टीको कुनै पनि समूहमा छैन

    शेखर कोइरालाले भने: म पार्टीको कुनै पनि समूहमा छैन

    काठमाडौँ– नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको कुनै पनि समूहमा नभएको स्पष्टोक्ति दिएका छन्।

    शनिवार काठमाडौँमा आयोजित बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले सामाजिक सञ्जालहरुमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति समेत जनाएका छन्।

    काँग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गराउने आफ्नो इच्छा रहेको नेता कोइरालाको भनाई थियो ।

    सो क्रममा उनले बिपी कोइरालाको नाममा खोलिएको सो अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि त्यहाँबाट अवकाश पाएका चिकित्सकहरूको विशेष योगदान रहन सक्ने उनले बताए ।