ज्ञानेन्द्र शाहीले भने: प्रदेश खारेज गर्न हामीले सहयोग गर्छौं - Chaitanya News
  • 2026-04-20
  • 23:42:04
  • सोमबार,बैशाख ०७, २०८३
  • ज्ञानेन्द्र शाहीले भने: प्रदेश खारेज गर्न हामीले सहयोग गर्छौं

    ज्ञानेन्द्र शाहीले भने: प्रदेश खारेज गर्न हामीले सहयोग गर्छौं

    काठमाडौं– राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन्।

    आज (बिहीबार)को प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन्।

    ‘देशमा ८८४ जना सांसद छौं। प्रदेश संरचना पाल्न १ खर्ब खर्च हुने अवस्था छ। राजनीतिक दलका कार्यकर्ता सेटल्मेन्ट गर्न ल्याइएको प्रदेश संरचना यही संसद्‌बाट यही सरकारले खारेज गर्छ भने दुई तिहाइ बहुमत पुर्‍याउन १८४ चाहिन्छ १८७ हामी पुर्‍याउँछौं,’ उनले भने।