काठमाडौं– लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते अपरान्ह ४ बजे मुख्यमन्त्रीमा दावी पेश गर्न समय सीमा दिएका छन्।
प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढि दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मु्ख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन्।
लुम्बिनी प्रदेशमा मु्ख्यमन्त्रीमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम लुम्बिनी प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढि दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि पुस २७ गते अपरान्ह ४ बजेभित्र दावी पेश गर्न आह्वान गरिएको हो।
लुम्बिनी प्रदेशमा ८७ सदस्य छन्। बहुमतका लागि ४४ सांसदको आवश्यकता पर्छ।
यहाँ नेकपा एमालेका २९,नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०,राष्ट्रिय प्रजातान्त्रिक पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४र४,जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी र जनमतका ३–३ , राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका ११ र २ स्वतन्त्र सांसद छन्।
![]()