काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रदेशगत रुपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।
एमाले सांसद ऐनबहादुर महरसहित एमाले सांसदहरूले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गरेका थिए। तर, प्रधानमन्त्रीले कुनै प्रतिक्रिया नै नदिएको एक सांसदहरुको भनाई छ ।
एमालेका सांसद महरले कर्मचारीतन्त्रका कारण सबै खत्तम भएको भन्दै यसमा सुधार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। त्यसमा बालेनको जवाफ थियो, ‘यसको जड नै तपाईंहरु हो। कांग्रेस र एमालेले नै यसबाट सुरु गर्नुस्।’
त्यसबाहेक गेटा अस्पताल निर्माणको विषय उठाउँदा प्रधानमन्त्रीले आफू यसको विकासका लागि तयार रहेको बताएका थिए।
बालेनले भने, ‘गेटाको विषयमा अहिले हस्ताक्षर गर्नुपरे पनि तयार छु। कहिले गरौँ ?
सांसदहरूले सेती लोकमार्गको विषयमा पनि चासो राखेका थिए। उनीहरूले कैलाली–खक्रौला नाकादेखी चीनको सिमाना ताक्लाकोटसम्मको बाटो निर्माणको काम अघि बढाउन सुझाव दिएका छन्।