केपी ओली र रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश मेघराज र कुमारको इजलासमा - Chaitanya News
  • 2026-04-21
  • 17:42:13
  • मंगलबार,बैशाख ०८, २०८३
  • केपी ओली र रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश मेघराज र कुमारको इजलासमा

    केपी ओली र रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश मेघराज र कुमारको इजलासमा

    काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणको निवेदनको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको छ।

    पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको निवेदनको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ। यी दुवै पेसी इजलासको पहिलो क्रममै रहेका छन्।

    शनिबार पक्राउ परेका ओलीकी श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी हुन् भने लेखकको पनि उनकी श्रीमती यशोदा लेखकले निवेदन दर्ता गराएकी थिइन्।

    केपी शर्मा ओली शनिकार गुन्डुबाट पक्राउ परेका थिए। सोही दिन उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। हाल उनी अस्पतालमा चिकित्सकको निगरानीमै रहेका छन्।

    ओली र लेखक भदौ २३ को घटनामा दमन गरेको आरोपमा जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार पक्राउ परेका हुन्।

    आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरु दुवै जनालाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएको छ।