बालेनले बोलाए मन्त्रिपरिषद् बैठक - Chaitanya News
  • 2026-06-11
  • 06:08:58
  • बिहिबार,जेठ २८, २०८३
  • बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको हो।

    सरकार गठनपछिको दोस्रो बैठकका रूपमा रहेको यस बैठकमा केही महत्त्वपूर्ण र नीतिगत निर्णयहरू हुन सक्ने अपेक्षा गरिएको छ।

    पहिलो बैठकबाट स्वीकृत कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने र शासकीय सुधारका कार्यसूची तथा निर्णयहरू यति बेला चर्चामा छन्।