मनसुनअघि विपद् व्यवस्थापन तयारीमा सक्रियता बढाउनुहोस् : गृहमन्त्री गुरुङ - Chaitanya News
  • 2026-04-21
  • 17:45:43
  • मंगलबार,बैशाख ०८, २०८३
  • मनसुनअघि विपद् व्यवस्थापन तयारीमा सक्रियता बढाउनुहोस् : गृहमन्त्री गुरुङ

    मनसुनअघि विपद् व्यवस्थापन तयारीमा सक्रियता बढाउनुहोस् : गृहमन्त्री गुरुङ

    काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले मनसुन सुरु हुनुअघि नै विपद् व्यवस्थापनका तयारीहरू पूर्णरूपमा अघि बढाउन आवश्यक रहेको बताएका छन्।

    आज (आइतबार) उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसँगको भेटमा मनसुनअघि तयारीमा सक्रियता बढाउन निर्देशन दिएका हुन्।

    गृहमन्त्री गुरुङले आफूसँग विपद् जोखिम न्यूनीकरणसम्बन्धी कामको अनुभव रहेको र त्यसलाई वर्तमान तयारीमा उपयोग गर्ने योजना रहेको पनि बताएका छन्।