ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा पहल गरिरहेको छ : महानिर्देशक ज्ञवाली - Chaitanya News
  • 2026-04-24
  • 10:25:48
  • शुक्रबार,बैशाख ११, २०८३
  • ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा पहल गरिरहेको छ : महानिर्देशक ज्ञवाली

    ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा पहल गरिरहेको छ : महानिर्देशक ज्ञवाली

    काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीले बजारमा ग्यास आपूर्ति केही कडा भएको स्वीकार गर्दै समस्या समाधानका लागि सरकार सक्रिय रूपमा पहल गरिरहेको बताएका छन्।

    आज (आइतबार) मनाइएको विश्व उपभोक्ता अधिकार दिवस २०८२ को मूल समारोहलाई सम्बोधन गर्दै उनले बजारमा देखिएको ग्यास अभाव हटाउन सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक कदम चालिएको जानकारी दिए।

    “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा महानिर्देशक ज्ञवालीले उपभोक्ताको अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

    उनले विभागले बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने दिशामा निरन्तर काम भइरहेको उल्लेख गरे।