सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलको नेतामा शाह - Chaitanya News
  • 2026-04-26
  • 22:02:07
  • आइतबार,बैशाख १३, २०८३
  • सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलको नेतामा शाह

    सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलको नेतामा शाह

    धनगढी- नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीयल दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन्।

    कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट प्रत्यक्ष निर्वाचित शाहलाई बुधबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो।

    यसअघि आधा दर्जन आकांक्षी देखिएपछि चुनाव हुने तय भएको थियो। तर, आकांक्षीहरू बिच सहमति भएपछि संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री एवं प्रदेश सभा सदस्य मेघराज खड्काले बताए।