कांग्रेस कार्यसमितिको बैठक सर्‍यो - Chaitanya News
  • 2026-06-23
  • 23:57:53
  • मंगलबार,आषाढ ०९, २०८३
  • कांग्रेस कार्यसमितिको बैठक सर्‍यो

    कांग्रेस कार्यसमितिको बैठक सर्‍यो

    काठमाडौँ– नेपाली कांग्रेसको कार्यसमितिको बैठक सरेको छ। पार्टीले सूचना जारी गर्दै कार्यसमितिको बैठक सरेको जनाएको हो।

    केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे बस्ने पार्टी कार्यालय सानेपामा बस्नेछ।

    पुस २२ गते बस्ने भनिएको बैठक सारेर २८ गते पुर्‍याइएको हो।

    यसैगरी, कांग्रेस संसदीय दलको बैठक पुस २३ गते बस्ने भएको छ। प्रतिनिधिसभाको अधिवेशन पौष २५ गते प्रारम्भ हुने मिति दृष्टिगत गर्दै पुस २३ गते बैठक बस्न लागेको हो।