रवि लामिछानेले पनि सार्वजनिक गरे चुनाव खर्च विवरण - Chaitanya News
  • 2026-08-18
  • 15:18:26
  • मंगलबार,भाद्र ०२, २०८३
  • रवि लामिछानेले पनि सार्वजनिक गरे चुनाव खर्च विवरण

    रवि लामिछानेले पनि सार्वजनिक गरे चुनाव खर्च विवरण

    काठमाडौँ– चितवन–२ बाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।

    उनले निर्वाचन आयोगलाई बुझाएको विवरणमा ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

    उनले उम्मेदवारी दर्तामा १० हजार रुपैयाँ, नमूना मतपत्र छपाइमा ६८ हजार १ सय ६१ रुपैयाँ र यातायात तथा इन्धनमा २ लाख ९५ हजार रुपैयाँ खर्च भएको जनाएका छन्।

    यस्तै, मतदाता प्रशिक्षणमा खाजा खर्च १४ हजार २ सय रुपैयाँ, वडास्तरीय प्रचारप्रसारमा ४६ हजार, प्रचार सामग्री खरिदमा १ लाख १२ हजार रुपैयाँ, ब्यानर स्टिरकमा ५५ हजार रुपैयाँ र खाद्यान्न खरिदमा १ लाख ९६ हजार रुपैयाँ खर्च भएको निर्वाचन आयोगलाई बुझाएको विवरणमा लेखेका छन्।

    यस्तै, हवाई खर्च १३ हजार ६ सय २६ रुपैयाँ र गोष्ठी भेलामा १ लाख ८० हजार रुपैयाँ खर्च भएको बताएका छन्।