अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट - Chaitanya News
  • 2026-04-24
  • 23:36:08
  • शुक्रबार,बैशाख ११, २०८३
  • अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

    काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ। ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको छ। अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने बताएपछि तेलको अन्तर्राष्ट्रिय मूल्यमा गिरावट देखापरेको बीबीसीले जनाएको छ।

    ट्रम्पले मध्यपूर्वको तनावबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेर युद्ध चाँडै समाप्त हुने बताएका थिए। तर एक सातामै युद्ध समाप्त नहुने भनाइ सार्वजनिक भएको थियो।

    इरानलाई चेतावनी:

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज स्ट्रेटमा तेल ढुवानीमा अवरोध गरे कडा कारबाही गरिने चेनावनी दिएका छन्। उनले ट्रुथ सोशलमार्फत् यस्तो चेनावनी दिएका हुन्।

    ‘यदि, इरान स्ट्रेट अफ होर्मुजमा तेल ढुवानीमा अवरोध सिर्जना गरे अमेरिकाले उसमाथि अहिलेसम्म गरेको आक्रमणको २० गुणा बढी शक्तिशाली हमला गर्नेछ,’ ट्रम्पले लेखेका छन्।

    बीबीसीका अनुसार विश्वभर कुलमध्ये झण्डै २० प्रतिशत तेल यही समुद्री बाटो हुँदै ढुवानी हुने गर्दछ। इजरायल–इरान युद्धका कारण समुद्री बाटोको आवागमन धेरै कम भएको छ। जसका कारण विश्वभर तेलको मूल्यमा तीब्र बढोत्तरी देखिएको छ।

    ‘यसबाहेक हामी इरानका ती लक्ष्यहरूलाई निशाना बनाउने छौं, जुन सहजै नष्ट गर्न सकियोस् । जसबाट इरानलाई फेरि एउटा देशका रूपमा खडा हुन लगभग असम्भव हुने छ,’ ट्रम्पले भनेका छन्, ‘उनीहरू माथि मृत्यु, आगो र ठूलो विनासको वर्षा हुने छ । तर, मलाई आशा छ र प्रार्थना गर्छु यस्तो नहोस्।’