कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अब पुस २८ मा बस्ने - Chaitanya News
  • 2026-05-08
  • 15:58:56
  • शुक्रबार,बैशाख २५, २०८३
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अब पुस २८ मा बस्ने

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अब पुस २८ मा बस्ने

    काठमाडौं, पुस २० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस २८ गते बस्ने भएको छ ।

    कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २३ गते पार्टीको संसदीय दल बैठक र २८ गते केन्द्रीय कार्यसमिति बैठक बस्नेछ ।

    प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते सुरु हुने भएकालाई त्यसलाई केन्द्रित गर्दै संसदीय दलको बैठक डाकिएको हो । केन्द्रीय कार्यसमिति बैठक पुस २८ गते १ बजे बस्नेछ ।

    यसअघि पुस २२ गते केन्द्रीय कार्यसमिति बैठक तय गरेपनि ६ दिन पर सारिएको हो।