काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ।
निर्वाचन आयोगको सोमबार (फागुन २५० बिहान १२ बजे सम्मको तथ्यांक अनुसार, कुल ८५ लाख २ हजार ८४२ मत गणना हुँदा रास्वपाले ४१ लाख १० हजार ६९४ मत जुटाएको छ।
यसको दोस्रो स्थानमा नेपाली काँग्रेस छ, जसले १३ लाख ७७ हजार ७१७ मत पाएको आयोगले जनाएको छ। तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले ११ लाख ६२ हजार ७०२ मत पाएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) चौथो स्थानमा रहँदै पाँच लाख ९९ हजार ५९४ मत पाएको छ। यसैगरी, श्रम संस्कृति पार्टीले राप्रपालाई पछि पार्दै २ लाख ९७ हजार ४२१ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले २ लाख ८० हजार ३५ मत ल्याएको छ।
अन्य दलहरूमध्ये जनता समाजवादी पार्टी नेपालले १ लाख २९ हजार ३२३ र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख २३ हजार ६२१ मत पाएको निर्वाचन आयोगले जनाएको छ। समानुपातिक मतमा हालसम्म कुल १ करोड ९ लाख मत खसेको छ।